skip this farak Kura Pravakar

रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुतनिक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।

दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । –सिन्ह्वा

nijgadh-supermart-adz1200-630