जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने
वि.सं.२०७९ असोज १५ शनिवार १६:५३
1.98K
shares

काठमाडौ- जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ ।
आज बसेको जसपा कायॅकारिणि समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्वन्घमा भई रहेको सिट बांटफांडसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।
वि.सं.२०७९ असोज १५ शनिवार १६:५३
















