महराले हटाए समानुपातिक सूचीबाट नाम
वि.सं.२०७९ असोज १७ सोमवार १७:१७
1.73K
shares

काठमाडौं-नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले महाराको नाम समानुपातिक सूचीबाट हटाएको जानकारी दिएका हुन् ।
यसअघि माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा महराको नाम खस आर्य क्लस्टरबाट १ नम्बरमा रहेको थियो ।
महराले नै आग्रह गरेपछि उनको नाम हटाइएको ढकालको भनाइ छ । महराको स्थानमा हितराज पाण्डेको नाम १ नम्बरमा राखिएको ढकालको भनाई छ । २०७४ सालको निर्वाचनमा महरा दाङ–२ बाट निर्वाचित भएका थिए । यसपटक प्रत्यक्षबाट उनको नाम दाङ र रोल्पाबाट सिफारिस भएको थियो ।
वि.सं.२०७९ असोज १७ सोमवार १७:१७
















