skip this

चन्द्रागिरिको ध्यान केन्द्रमा पहिरोमा पुरिएर एकैपरिवार तीन जनाको मृत्यु

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-काठमाडौंको चन्द्रागिरिमा ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका- २ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले बताए ।

‘राति १२ बजे पहिरो खसेको रहेछ,´ उनले भने-अहिलेसम्म तीन जनाको शव भेटिसकेको छ । अरु पनि छ कि भनेर खोजी हुँदैछ ।’

nijgadh-supermart-adz1200-630