ताप्लेजुङमा एमालेको उम्मेदवार योगेश
वि.सं.२०७९ असोज २१ शुक्रवार २१:३९
1.1K
shares
ताप्लेजुङको सिद्धिडाँडामा गुरुको आशिर्वाद लिंदै एमाले सचिव योगेश भट्टराई ।
काठमाडौं-नेकपा एमालेले ताप्लेजुङबाट सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको टिकट भट्टराईलाई दिएका हुन् ।
टिकटका लागि भट्टराई र तिलकुमार मेनेङ्बो आकांक्षी थिए । ओलीले मेनेङ्बोलाई प्रदेशसभामा राखेर भट्टराईलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको एमालेका एक नेताले बताए ।
ताप्लेजुङको क मा तिलकुमार मेनेङ्बो र ख मा मणिशंकर पोमो उम्मेदवार बनेको ती नेताको भनाइ छ ।
वि.सं.२०७९ असोज २१ शुक्रवार २१:३९
















