skip this farak Kura Pravakar

सत्ता गठबन्धनको सिटबाँड : बारामा प्रतिनिधिमा दुई क्षेत्र र प्रदेश सभाको ४ क्षेत्रको भागबण्डा सकियो

1.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति कायम भएको छ ।

फरक नेपाललाई प्राप्त सूचीअनुसार जसपालाई छुट्टयाइएको क्षेत्र खाली राखिएको छ । केही सिटमा लोसपालाई दिने तयारी गरिएको छ ।

कांग्रेस, माओवादी र एकिकृत समाजवादीले छुट्टयाएको प्रतिनिधिसभा र प्रदेशसभा सिट यसरी छुट्टयाइएको छ ।

सहमति अनुसार बाराको प्रतिनिधि सभा अन्तर्गत ४ वटा क्षेत्रमध्ये कांग्रेस र एकिकृत समाजवादीले एक–एक क्षेत्र बाँडेर दुई वटा क्षेत्र खाली राखिएको छ । जस अनुसार बारा १ कांग्रेस र बारा ४ एकिकृत समाजवादीले पाएको छ भने २ र ३ खाली राखिएको छ ।

त्यसैगरि प्रदेश सभातर्फ ८ मध्ये ४ वटामा कांग्रेस र माओवादीले दुई–दुई वटा क्षेत्र बाडेरका छन् भने ४ वटा खाली राखेका छन् ।

सहमति अनुसार क्षेत्र नं. १ को क र क्षेत्र नं. ४ को ख कांग्रेसको भागमा परेको छ भने क्षेत्र नं. ३ र ४ को क माओवादीको भागमा परेको छ । १ को ख, २ को क र ख, ३ को ख खाली राखिएको छ ।

nijgadh-supermart-adz1200-630