मोटरसाइकल दुर्घटना बारामा हुँदा एक जनाको मृत्यु
वि.सं.२०७९ असोज २४ सोमवार ११:२३
1.64K
shares

बारा । बाराको महागढीमाई नगरपालिका–७ बरियारपुर चोकमा हिजो बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साह रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो ।
मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५ ०७ नम्बरको मोटरसाइकल हिजो बेलुका ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो । मोटरसाइकल चालकलाई प्रहरी चौकी तेलकुवा बाराले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७९ असोज २४ सोमवार ११:२३
















