काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिलालाई हर्कले एक महिनाको तलब दिने
वि.सं.२०७९ असोज २८ शुक्रवार १९:५६
1.78K
shares

काठमाडौं-धरानका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।
त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन् ।
‘यी बहिनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’, उनले फेसबुकको स्ट्याटसमा लेखेका छन् ।
वि.सं.२०७९ असोज २८ शुक्रवार १९:५६

















