जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखाका कर्मचारी घुसको रकमसहित पक्राउ
वि.सं.२०७९ असोज ३१ सोमवार १८:१२
984
shares

वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारले छापा मारेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको हो ।
घुस माग गरेको सेवाग्राहीको गुनासोपछि आएको अख्तियारको टोलीले कम्प्युटर अपरेटर संजय कुमार यादवलाई रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीसँग माग गरेको ५ हजार घुस रकमसहित यादवलाई फेला पारेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
वि.सं.२०७९ असोज ३१ सोमवार १८:१२


















