skip this

आगलागीबाट २१ बाख्रा जलेर नष्ट

903 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : उदयपुरको रौतामाई गाउँपालिका– ६ भातेमा आगलागी हुँदा २१ वटा पशु जलेर नष्ट भएको छ ।
   सोमबार बिहान एक्कासी सुर्जबहादुर राईको बाख्राको खोरमा आगलागी हुँदा १२ वटा माउ बाख्रा, ३ वटा बोका, ६ वटा पाठी जलेर नष्ट भएको प्रहरी चौकी साउनेले जनाएको छ ।
    आगलागीबाट बाख्राको गोठ जलेर खरानी भएको पीडित राईले जानकारी दिए । बिहान १ बजे लागलागी भए पनि आगलागीको कारण पनि खुल्न सकेको छैन ।
    आगलागीबाट करिब २ लाख २६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

nijgadh-supermart-adz1200-630