कौडा खेलिरहेका ८ जना पक्राउ
वि.सं.२०७९ कात्तिक १० बिहीवार १०:१३
1.48K
shares
सांकेतिक तस्बिर
काठमाडौं- कौडा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका पैयौटारस्थित भिम बाबु केसीको घरमा कौडा खेलिरहेको अवस्थामा बुधबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
उनीहरुको साथबाट १६ थान कौडा र दुई लाख ८६ हजार ६८०० नगद रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुमा प्रहरी वृत बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
वि.सं.२०७९ कात्तिक १० बिहीवार १०:१३
















