skip this farak Kura Pravakar

एमालेका उम्मेदवार सूर्य थापा र जुली महताेलाई आयोगले सोध्यो स्पष्टीकरण

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-निर्वाचन आयोगले नेकपा (एमाले) का दुई जना उम्मेदवारलाई स्पष्टीकरण साेधेकाे छ ।

प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य बहादुर थापा र धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेकी जुली कुमारी महतोलाई स्पष्टीकरण सोधेको हाे ।
कसकाे के उजुरी ?

थापालाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेपनि उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिता प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।

उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा जवाफ प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

त्यसैगरि महताेलाइ तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

nijgadh-supermart-adz1200-630