आगामी निर्वाचन अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको छ –प्रचण्ड
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १२:४८

काठमाडौं। आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन्।आज काठमाडौँमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताएका हुन्। राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको अध्यक्ष दाहालको भनाई छ ।
अध्यक्ष दाहालले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा शुरु भएको अनुभुति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने बताएका छन् । अध्यक्ष दाहालले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरू एकत्रित भएर काम गर्न आवश्यक रहेको पनि बताएका छन्। आगामी चुनावमा अभुतपूर्व रूपमा परिणाम निकाल्ने गरी चुनावमा लाग्न पनि नेता, कार्यकर्ताहरूलाई अध्यक्ष दाहालले निर्देशन दिएका छन्।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १२:४८

















