skip this farak Kura Pravakar

बंगलादेश टी-ट्वान्टी विश्वकपको सुपर-१२ मा

705 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : बंगलादेश आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर-१२ मा पुगेको छ ।
   ओमान क्रिकेट मैदानमा बिहीबार पपुवा न्यू गिनी (पीएनजी) लाई ८४ रनले पराजित गर्दै बंगलादेश दोस्रो जितसहित सपुर-१२ मा पुगेको हो ।
   बंगलादेशले दिएको १ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रनमा समेटिएपछि बंगलादेशले सुपर-१२ को स्थान सुरक्षित गरेको हो ।
    पीएनजीका किप्लिन डोरिगाले सर्वाधिक ४६ रन बनाए । चाड सोपेरले ११ रन जोड्दा कप्तान असाद भाला ६ रनमा आउट भए । पीएनजीलाई सस्तैमा समेट्न बंगलादेशका शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीन र ताक्सिन अहमेदले २/२ विकेट लिए ।
     यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान महमुदउल्लाहले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
   यस्तै शकिब अल हसनले ४६ रन जोड्दा लिटोन दासले २९ रन बनाए ।

nijgadh-supermart-adz1200-630