skip this

निर्वाचनलाई सफल पार्नु हामी सबैको दायित्य हो –प्रधानमन्त्री देउवा

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् ।‘निर्वाचनलाई सफल पार्नु हामी सबैको दायित्य हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुककले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ,’ मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा भिडियोमार्फत शुभकाना सन्देश जारी गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले भनेका छन् ।

अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनले बताए ।

देउवाले कांग्रेस मुलुकमा भएका हरेक सामाजिक, सांस्कृतिक आन्दोलनको नेतृत्व गरेको पार्टी रहेको स्मरण गराएका छन् । ‘अब मुलुकलाई आर्थिक समृद्धितिर अगाडि बढाउने दायित्व पनि कांग्रेसको हो,’ उनले भनेका छन्, ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी भइ गठबन्धनको पक्षमा मत दिन अनुरोध छ ।’

काठमाडौं, १ मंसिर। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

nijgadh-supermart-adz1200-630