skip this

बारा १ : दोस्रो प्रयासमा एमाले उम्मेदवार अच्युत मैनाली विजयी

९ हजार ६९ मतको फराकिलो मतान्तर घटाए

3.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा क्षेत्र नं. १ मा प्रतिनिधि सभामा नेकपा (एमाले) विजयी भएको छ ।

जनता समाजवादी पार्टीको साथ लिएर चुवानी मैदानमा उत्रिएका अच्युत मैनाली फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

एमालेका अच्युत प्रसाद मैनालीले २९ हजार १ सय २५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन् । मैनालीले ९ हजार ६९ मतान्तरले विजयी भएको बारा क्षेत्र नं. १ का निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।

२०७४ मा बामगठबन्धनका उम्मेदवार रहेका मैनालीलाई नेपाली कांग्रेसका उमाकान्त चौधरीले पराजित गरेका थिए । पाँच वर्षपछि मैनालीले उनै चौधरी विरुद्ध जीत निकालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार गणेश धिमालले ३ हजार ३ सय १९ मतका साथ तेस्रो भएका छन् ।

यो क्षेत्रमा तीन जना उम्मेदवारले एक हजार मत कटाएका छन् । राप्रपाका भत्तबहादुर दर्लामीले १७९२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार अनिल कुमार गुप्ता (चापाकल) ११३३, जनमत पार्टीका मनोज कुमार यादबले १०६३ प्राप्त गरेको छ ।
देशव्यापी चर्चामा रहेको लौरो चिन्हका उम्मेदवारले एक हजार मत कटाउन सकेनन् । हाम्रो नेपाली पार्टी (लौरो) का डा. राकेश न्यौपानेले ७३२, राप्रपा नेपालका शिवप्रसाद तिमल्सिनाले १७० मत प्राप्त गरेका छन् ।

एक सय मत कटाउन नसकेका उम्मेदवार
कुखरकाको भाले ८६
दुई हात जोडेको नमस्कार ५५
करुवा १३३
कमलको फुल ८९
माछा ९०
क्रस खुकुरी २४
पुतली २५
हेलमेट २९
सुर्यमुखी फूल ३८

nijgadh-supermart-adz1200-630