कांग्रेस जिल्ला सभापति बराललाई हराउँदै कास्की १ बाट एमालेका गुरुङ निर्वाचित
वि.सं.२०७९ मंसिर ९ शुक्रवार ११:५५
2.28K
shares

काठमाडौं । कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २६०९ मतले हराउँदै एमालेका गुरुङ निर्वाचित भएका हुन् ।
गुरुङले २५ हजार ७९८ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेस उम्मेदवार बरालले २३ हजार १८९ मत पाएका छन् । बराल कांग्रेस कास्कीका सभापति हुन् ।
वि.सं.२०७९ मंसिर ९ शुक्रवार ११:५५

















