skip this

उदयपुर १ (क) गठबन्धनका साझा उम्मेदबार राजन किराती विजयी

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।  उदयपुर १ (क) मा राजन किराती एक हजार २४३ मतले विजयी भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदबार माओवादीका किराती १५ हजार ९२ मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ ।

उनका निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदबार कुशलबाबु बस्नेतले १३ हजार ८४९ मत ल्याएका छन् । बेलका र चौदण्डीगढी नगरपालिका गरी ३८ हजार ८५७ मत खसेको थियो । खसेको मतमध्ये एक हजार ८७५ बदर भएको छ । किराँती सोही क्षेत्रबाट दुईपटक संविधानसभाको निर्वाचनमा पराजित भएका थिए ।

nijgadh-supermart-adz1200-630