चुनाव जीतेपछि रहबरले भेटे प्रचण्ड
वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३८

काठमाडौं-पर्साको १(१) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का युवा नेता रहबर अन्सारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटेका छन् ।
प्रदेश सभामा निर्वाचित भएपछि अध्यक्ष भेट्न निवास खुमलटार पुगेका रहबरलाइ पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले बधाई दिएका छन् ।

अध्यक्ष प्रचण्डसंगकाे भेटपछि रहबरले फेसबुकमा स्टाटस लेख्दै पछिल्लो केही समयदेखि देखिएको राजनैतिक परिदृश्यमा युवाहरु प्रतिको बढ्दो आकर्षण र आम सर्वसाधारणको युवाहरू प्रति बढ्दो विश्वासलाई आत्मसात गर्दै श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डले मलाइ जुन विश्वासका साथ चुनावी मैदानमा प्रस्तुत गर्नुभयो, त्यस विश्वास र सद्भावलाई मेरा क्षेत्रका आदरणीय मतदाताहरुले मलाई विजयी बनाएर मलाई र मैले अध्यक्षज्यु सङ्ग गरेको मेरो विजय यात्राको सुनिश्चितता दुवै साकार गराएको फलस्वरूप आज श्रद्धेय अध्यक्ष तथा नेकपा ( माओवादी केन्द्र ) का वरिष्ठ नेतृत्वसङ्ग आज शुभकामना आदानप्रदान गरिएकाे बताएका छन् ।
उनले प्राप्त कार्यभारलाई सफलतापुर्वक सम्पन्न गर्ने संकल्प व्यक्त गर्दै भविष्यको कार्ययोजना बारे छलफल गरिएकाे उल्लेख गरेका छन् । उनले अध्यक्ष प्रचण्ड र आम आदरणीय मतदाताहरु प्रति आभार व्यक्त गरेका छन् ।
वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३८

















