skip this

आज माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्दै

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेता चयन गर्दैछ छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो ।माओवादी केन्द्रले दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ ।

माओवादीले शसस्त्र युद्ध र संसदीय राजनीतिमा आएपछि पनि प्रचण्डको विकल्प भेटाएको छैन । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । यसअघि हिजो कांग्रेसले चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरेको थियो ।चुनावबाट पहिलो पार्टी बनेको कांग्रेसमा सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता चयन भएसँगै नयाँ सरकार गठनको गृहकार्य पनि सुरु भएको छ ।

nijgadh-supermart-adz1200-630