skip this hetauda tech

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

465 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । जबरालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् ।शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । त्यसपछि चियापानको कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसअघि ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक बोलाएका छन् । संसद संचालनका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन् । उनले दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई संसद शुरु हुनुअघि मध्यान्ह बैठकमा बोलाएका हुन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट २७५ जना निर्वाचित भएका छन् । जसमा प्रत्यक्षबाट १६५ तथा समानुपातिकबाट ११० जना निर्वाचित भएका हुन् ।

nijgadh-supermart-adz1200-630