युवा वर्गले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्छ – गगनकुमार थापा
वि.सं.२०७९ पुस ९ शनिवार १६:४५
888
shares

काठमाडौं । युवाले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले युवा वर्ग निन्दक नभई आलोचक बन्नुपर्ने बताएका हुन । उनले युवा थाहै नपाई निन्दक बन्ने गरेको भन्दै उनले निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने उल्लेख गरेका छन् ।
महामन्त्री थापाले युवा आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यका बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताएका छन् । निन्दक बन्नु युवाका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने महामन्त्री थापाको भनाई छ । महामन्त्री थापाले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरूको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
वि.सं.२०७९ पुस ९ शनिवार १६:४५
















