skip this

उद्योग वा कृषि मन्त्रालय पाए राम्रो काम गर्न सक्छौं–सिके राउत

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उद्योग वा कृषि मन्त्रालय पाए राम्रो काम गर्न सक्‍ने सरकारमा सामेल हुने तयारीमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् । सत्ता गठबन्धनको ११ बजे बस्‍ने बैठकमा राउतले यस्तो प्रस्ताव गर्ने तयारी गरेका छन् ।

सत्ता गठबन्धनको बैठकपछि आफ्नो पार्टीको आन्तरिक बैठक बसेर सरकारमा को सामेल हुने भन्ने बारेमा पनि निर्णय गरिने उनले बताए ।प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीलाई प्रदेश नम्बर २ मा समेत सत्ता साझेदारी हुने तयारी छ ।

nijgadh-supermart-adz1200-630