माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने
वि.सं.२०७९ पुस ११ सोमवार १०:४८
810
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ ।
सत्ता गठबन्धनको बैठक केही बेरमा बस्दैछ । माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।
वि.सं.२०७९ पुस ११ सोमवार १०:४८

















