skip this farak Kura Pravakar

निर्मला हत्या प्रकरणको अनुसन्धान ब्यूँतियो, डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।

गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले घटनालाई तथ्यगत प्रमाणका आधारमा टुंगोमा पुर्याउन निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘यसका लागि तपाईंहरुलाई जुनसुकै सहयोग गर्न तयार छौं ।’

nijgadh-supermart-adz1200-630