जुनसुकै दलका मान्छे भएपनि अपराध छानबिनमा प्रभाव पारे कारवाही गर्ने –गृहमन्त्री लामिछाने
वि.सं.२०७९ पुस २८ बिहीवार १३:३५

काठमाडौ । अपराध छानबिनमा प्रभाव पार्न खोजे जुनसुकै दलका मान्छे भएपनि कारवाही गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।आज आफू निर्वाचित जिल्ला चितवन पुगको मन्त्री लामिछानेले मुलुकको सुशासनका लागि कुनै पनि कसुर नराख्ने बताएका छन् । गृहमन्त्री लामिछानेले अफूलाई कुनै पनि दल वा दलका व्यक्तिले आफ्नो मान्छे भएकाले छोडिदिन आग्रह गरे उसैलाई कारवाही गर्न सकिने जिकिर गरेका छन् ।
त्यस्तै गृहमन्त्री लामिछानेले अवैध कुखुरा र चल्लाको आयत रोक्न निर्देशन दिएका छन् । पोल्ट्री व्यवसायीहरुले भरतपुरमा राखेको छलफल कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा निकायहरुलाई अवैध कुखुरा, चल्ला र मासु आयत रोक्न निर्देशन दिएका हुन । पछिल्लो समय भारतबाट विभिन्न नका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा संकट उत्पन्न भएपछि ध्यान दिन व्यवसायीहरुले गृहमन्त्रीलाई अनुरोध गरेका थिए । गृहमन्त्रीले सोही स्थानबाट सबैले सुन्ने गरी नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोनमार्फत त्यस्तो आयात रोक्न निर्देशन दिएका हुन ।
वि.सं.२०७९ पुस २८ बिहीवार १३:३५
















