प्रधानमन्त्री दाहाल र जर्मनका राजदूत प्रिन्जबीच शिष्टाचार भेटवार्ता
वि.सं.२०७९ पुस २८ बिहीवार १३:५६
708
shares

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा.थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा प्रधानमन्त्री दाहाललाई बधाई दिदै सफल कार्यकालको कामना गरेका थिए ।
वि.सं.२०७९ पुस २८ बिहीवार १३:५६
















