skip this

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत चेन सोङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति भवनमा शुक्रबार आयोजित विशेष समारोहमा नवनियुक्त चिनियाँ राजदूत सोङले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

nijgadh-supermart-adz1200-630