विमान दुर्घटना : दुई जनाको जिवितै उद्धार
वि.सं.२०७९ माघ १ आइतवार १५:१९
2K
shares

कास्की– यती एअरको विमान दुर्घटनास्थलबाट २ जनाको जिवितै उद्धार गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बराबलले दुई जनाको जिवितै उद्धार गरिएको बताए।
जिवितै उद्धार गरिएका दुई जनालाई उपचारका लागि गण्डकी अस्पतालमा पठाइएको छ। काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो।
बिहान ११ बजेर ५५ मिनेटमा दुर्घटना भएको हो। ६८ यात्रु र चालक दलका चार सदस्य गरी ७२ जना सवार उक्त जहाज १० बजेर ५० मिनेटसम्म पोखराको टावरसँग सम्पर्कमा रहेको थियो।
वि.सं.२०७९ माघ १ आइतवार १५:१९

















