skip this

सपना शिखाका तीन गजल

3.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

[एक]

खेती बिग्रीए एक वर्ष दु:ख पाईन्छ हेर ।।
राजननीति बिग्रीए गाली खाईन्छ हेर ।।

किन गर्छौ तछाड मछाड आफ्नै देशमा ।।
देशै बिग्रीए भत्ता कहाँ पाईन्छ हेर ।।

मिलाउ हात बनाउ झिलीमिली देशलाई ।।
जनता मारी देश काँका चलाईन्छ हेर ।।

लड्छौ एका एक मंत्री पतको लागी ।।
देशको ढुकुटी बेचेर कहाँ खाईन्छ हेर।।

[दुई]

एग्लै हिन्न डर लाग्छ तिम्रो शहरमा ।।
पानी मागे जहर मिल्छ तिम्रो शहरमा ।।

बिकृतीले छाएको छ तिम्रो शहरमा ।।
बलत्कारीले धाएको छ तिम्रो शहरमा ।।

बिना कसुर मरेका छन तिम्रो शहरमा ।।
तरबार बोकि चलेका छन तिम्रो शहरमा ।।

बोतल पिई हान्छन छुरा तिम्रो शहरमा ।।
पट्टी बाँधि गर्छन कुरा तिम्रो शहरमा ।।

[तीन]

आँखाको आसु रोकेर हाँसे तिम्रो लागि ।।
हजारौ चोट सहेर पनि बाचे तिम्रो लागि ।।

दु:ख पिडा सँग सङ्घर्ष गरेर चल्दै गय ।।
यो मेरो पबित्र मनलाई साँचे तिम्रो लागि ।।

गोलि बन्दुक बमसँग डराएन कहिलै पनि ।।
दुश्मनको अगाडि छाति खोले तिम्रो लागि ।।

चाल्दै गय जिन्दगिका पाईला रोकेन कहिल्यै ।।
मरेर पनि आज फेरी बाँचे तिम्रो लागि ।।

-मुलपानी, काठमाडौं ।

nijgadh-supermart-adz1200-630