रवि लामिछाने विजयी भएको चितवन–२ मा उपनिर्वाचन हुने
वि.सं.२०७९ माघ १३ शुक्रवार १९:४५
1.58K
shares

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएको चितवन २ मा उपनिर्वाचन हुने भएको छ ।
सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद समेत खारेज गरिदिएपछि उपनिर्वाचन हुने निश्चित भएको हो ।
चिनवन- २ बाट लामिछाने सर्वाधिक लोकप्रिय मतान्तरसहित विजयी भएका थिए । उनले ४९ हजार ३०० मतसहित विजय हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।
रवि प्रेरित पार्टीले प्रतिनिधिसभामा २० सिट जितेको थियो भने सोही आधारमा पार्टी सरकारमा पुगेको थियो । सर्वोच्चबाट विपक्षमा फैसला आएसँगै रविमाथि गृहमन्त्री पदबाट राजिनामा दिएको छ ।
वि.सं.२०७९ माघ १३ शुक्रवार १९:४५
















