दान पेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने –पर्यटनमन्त्री किराती
वि.सं.२०७९ माघ १४ शनिवार १०:३२
1.45K
shares

काठमाडौं । खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीको भनाई छ । दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
पर्यटनमन्त्री किरातीले दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको बताएका छन् ।पर्यटनमन्त्री किरातीले संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने जानकारी दिएका छन् । मन्त्री भएपछि किरातीले खादा र माला लगाएर बधाई दिनुको सट्टा सहयोग गर्न भन्दै दान पेटिका राखेका थिए ।
वि.सं.२०७९ माघ १४ शनिवार १०:३२

















