जुनु घिमिरेकाे गजल
वि.सं.२०७९ माघ २१ शनिवार १८:३१
1.85K
shares

तिमी आगो भएर बलेको बेला पानी बनेर निभाउन देऊ
बलेर खरानी भएछौ भनेपनि, तिमीलाई नै भिजाउन देऊ
बिउँझिए पछि सपनाको कुनै अर्थ हुँदैन भने उठ नभन
सपनी मै तिमी आंगालोमा छौ अधरमा अधर मिलाउन देऊ
कसैको सम्झनाले मात्रै पनि मन यति धेरै पोल्ने रहेछ
मलाई पोलिनु छैन त्यो मनको दहमा चिस्याउन देऊ
संसार हेर्ने यि आँखाले जता हेरेनी तिमी मात्र देखिदिन्छ
जिन्दगीको दौडमा नकुदाउ पर्ख, तिम्रो साथ भेटाउन देऊ
तिमी बारम्बार हराउने गर्छौ यो सूचना कहाँ प्रकाशन गरौ
यो मनको दस्तावेज हो त्यो दिलको अखवारमा छपाउन देऊ ।
-दुवाकोट, भक्तपुर
वि.सं.२०७९ माघ २१ शनिवार १८:३१

















