सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छ : प्रचण्ड
वि.सं.२०७९ माघ २१ शनिवार १७:२५
फाईल तस्वीर ।
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताएका छन् ।
शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ, समस्या समाधान हुन्छ ।’ उनले यसबारे अन्य थप कुरा भने बताएनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गरिरहेका छन् । तर प्रचण्डले रविलाई गृह मन्त्रालय दिन चाहेका छैनन् । यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । बिहीबार बसेकाे उसको बैठकले प्रधानमन्त्रीलाई दुई दिनको समय दिने निर्णय गरेको थियो, जुन आज सकिँदैछ ।
वि.सं.२०७९ माघ २१ शनिवार १७:२५

















