skip this farak Kura Pravakar

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रन्जु दर्शना

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् भने महासचिवमा रन्जु दर्शनालाई चयन गरिएको छ।

हिजोदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए।

८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए।

उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ।

पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने उनले बताए। केन्द्रीय सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको उनले जानकारी दिए।

nijgadh-supermart-adz1200-630