देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ –राज्यमन्त्री श्रीपाली
वि.सं.२०७९ माघ २९ आइतवार ०९:२०

काठमाडौं। देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले बताएकी छन् । नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले आर्थिक समृद्धि र सुशासनका लागि स्थायित्व दिने चाहेको बताएकी छन् । उनले भनिन्, “वर्तमान सत्ता गठबन्धन तत्काल नटुट्ने । बहुमतीय पक्षबाट अगाडि बढ्नका लागि पनि छलफलको सुरुआत भएको छ ।”
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेकी राज्यममन्त्री श्रीपालीले जिल्लाको सन्धिखर्क नगगरपालिका–१० अर्घामा निर्माणाधीन अर्घा भगवती विमानस्थल सञ्चालन उच्च प्राथमिकता दिने जानकारी दिएकी छन्। मुख्य पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरको पर्यटकीय क्षेत्रलाई सूचीकृत गरी पर्यटक भित्र्याउनका लागि पहल गर्ने उनले बताएकी छन् । उनलेत्यस्तै सन्धिखर्क–७ खाँचीलगायतका क्षेत्रमा चुनढुङ्गा उत्खननले पारेको असरबारेमा सबै राजनीतिक दल र विज्ञसँग छलफल गर्ने बताइन् ।
वि.सं.२०७९ माघ २९ आइतवार ०९:२०
















