प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता
वि.सं.२०७९ फागुन १ सोमवार १९:३९
1.1K
shares

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटभार्ता भएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका थिए ।
यसअघि उनले परराष्ट्र मन्त्री विमला पौडेल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन् ।
वि.सं.२०७९ फागुन १ सोमवार १९:३९
















