skip this

राष्ट्रिय सहमतिका आधारमा ठाकुरलाई राष्ट्रपति बनाउन कांग्रेसलाई लोसपाको आग्रह

810 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा समर्थन गर्न लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेपाली कांग्रेसलाई आग्रह गरेको छ। आज बिहान अध्यक्ष ठाकुर सहितको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सहमतिका आधारमा ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गरेको हो।

राष्ट्रपतिमा कांग्रेसले पनि दाबी गरेको छ । निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् । लोसपाले मंगलबार अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन सबै राजनीतिक दलसँग लबिङ गर्ने निर्णय गरेको थियो। मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटवार्ता गरेका ठाकुरसहितको टोली आज बिहान देउवा भेट्न धुम्बाराही पुगेका हुन्।

यही फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ भने निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन हुँदैछ ।

nijgadh-supermart-adz1200-630