आज प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता, राष्ट्रपति निर्वाचन बारे छलफल
वि.सं.२०७९ फागुन १० बुधवार ११:१०
1.71K
shares

काठमाडौं। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यही फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ भने निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन हुँदैछ ।
वि.सं.२०७९ फागुन १० बुधवार ११:१०

















