सन्दीपको मुद्दामा सुनुवाई सकियो, आजै आदेश गर्ने तयारी
वि.सं.२०७९ फागुन १५ सोमवार १५:०६
723
shares

काठमाडौं-सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको मुद्दाको सुनुवाई सकिएको छ। सुनुवाई सकिएसँगै सर्वोच्चले आजै आदेश जारी गर्ने तयारी गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका हुन् ।
लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न यूएई जान पाउनु पर्ने मागको निवेदन परेको थियो ।
त्यस्तै सरकारी वकीलको लामिछानेलाई थुनामै राख्नु पर्ने माग गर्दै निवेदन दायर भएको थियो।
वि.सं.२०७९ फागुन १५ सोमवार १५:०६
















