प्रदिप ज्ञवाली आएकै दिन बारामा एमालेलाई धक्का, सिंगो वडा कमिटी नै नेकपा (एस) मा समाहित
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार २१:०३

बारा : नेकपा (एमाले) का केन्द्रीय नेता बारामा आएकै दिन पार्टीलाई धक्का लागेको छ ।
नेकपा एमाले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १२ का वडा कमिटिका पदाधिकारी नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।
एकीकृत समाजवादी जीतपुरसिमरा नगर कमिटिका अध्यक्ष कृष्ण खनालका अनुसार नेकपा एमाले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १२को यही कात्तिक ५ गते भएको वडा अधिवेशनबाट निर्वाचित वडा कमिटिका अध्यक्ष राम विहारी चौधरी, उपाध्यक्ष रवीन्द्रदास, सचिव मदनप्रसाद चौधरी, सहसचिवद्वय भुलन अन्सारी, गुलम चौधरी लगायतको सम्पूर्ण कमिटि सदस्य एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य ईश्वर ढकालको विशेष उपस्थितिमा नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा समाहित भएको बताइएको छ ।
पार्टी दुई चिरा भएर एमाले र समाजवादी अलग अलग दर्ता भएको अवस्थमा एकिकृत समाजवादी नै कम्यूनिष्ट नीति र आदर्शबाट निर्देशित भएकाले त्यसमा समाहित हुने निर्णय गरेको हो ।

बाराको कोल्हवी नगर कमिटीको अधिवेशन उद्घाटन गर्न एमाले स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली बारा आएका थिए ।
हेर्नुस् माइन्युटको निर्णय :


वि.सं.२०७८ कात्तिक २६ शुक्रवार २१:०३

















