सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ?
वि.सं.२०७९ फागुन २४ बुधवार ११:२९
870
shares

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । आज सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम थियो ।
त्यस्तै आज चाँदीको मूल्य समेत ह्वात्तै घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम छ ।
वि.सं.२०७९ फागुन २४ बुधवार ११:२९

















