राजनीतिक परिवर्तनका हरेक आन्दोनहरुमा महिलाहरुको निर्णायक सहभागिता –माधवकुमार नेपाल
वि.सं.२०७९ फागुन २४ बुधवार ११:४९

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरुमा महिलाहरुको निर्णायक सहभागिता रहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आज १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनहरुमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहि आएको बताउँदै महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताएका छन् ।
आज एक विज्ञप्तिमा उनले फलतः मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । अध्यक्ष नेपालले पछिला दिन विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भैरहेका बताउँदै विभिन्न कुरितीहरुलाई हटाएर सम्मानवूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७९ फागुन २४ बुधवार ११:४९

















