मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ– गगनकुमार थापा
वि.सं.२०७९ फागुन २८ आइतवार १७:०९
591
shares

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयमा बोल्दै थापाले राजनीतिक दलको सुविधाका लागि दर्जनभन्दा बढी मन्त्रालय खाली राख्न नहुने स्पष्ट पारेका हुन ।
“मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ”, उनले भने “पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनुपर्छ ।” महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
वि.सं.२०७९ फागुन २८ आइतवार १७:०९
















