घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवाको शव फेला
वि.सं.२०७९ फागुन ३० मंगलवार २१:३६
1.54K
shares

सुर्खेत– सुर्खेतमा एक युवाको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–१० मा एक युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार अपराह्न ४ः३० बजेतिर ती युवाको शव भेटिएको हो। उनको परिचय खुल्न सकेको छैन।
मृतक युवा अन्दाजी ३० वर्षका रहेको जनाइएको छ। शव घटनास्थलमै छ। घटनास्थललाई प्रहरीले सुरक्षित गरेको छ।
वि.सं.२०७९ फागुन ३० मंगलवार २१:३६

















