हजारौं मानिस इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध सडकमा उत्रिए
वि.सं.२०७९ चैत १३ सोमवार १०:३३
759
shares

काठमाडौं। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा दशौँ हजार मानिसले सडक प्रदर्शन गरेका छन्। प्रधानमन्त्री नेतन्याहूले रक्षामन्त्री योआभ ज्यालान्टलाई पदमुक्त गरेलगत्तै सडकमा दशौँ हजार मानिस प्रदर्शनमा उत्रिएको अलजजिराले बताएको छ ।
सरकारले न्याय सम्बन्धी गर्न लागेको नयाँ व्यवस्थाको विरोध गरेका रक्षामन्त्री ज्यालान्टलाई प्रधानमन्त्रीले बर्खास्त गरेपछि राजधानी जेरुसेलममा हजारौँ मानिसले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको छ।
वि.सं.२०७९ चैत १३ सोमवार १०:३३

















