गठबन्धनका दलहरू एक भएर चुनावमा प्रतिस्पर्धा गर्ने–गोविन्द भट्टराई
वि.सं.२०७९ चैत १६ बिहीवार १६:४५

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपचुनावमा उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले विगतमा झैँ यस पटक पनि कांग्रेस नै विजयी हुने बताएका हुन । उनले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताएका छन् ।
उनले भने ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसै पनि त्यो क्षेत्र नेपाली कांग्रेसले नै जितको क्षेत्र हो । विगतमा प्राप्त मतभन्दा बढी मतले जित्नेछौँ । जित्ने आधार धेरै छन् । अरू भाषणमात्रै गर्छन्, मैले काम नै पूरा गरेको छु । मैले गरेका कामहरूबाट नै मैले चुनाव जित्नेछु ।’
वि.सं.२०७९ चैत १६ बिहीवार १६:४५

















