skip this

टिचिङ अस्पताल पुगेर प्रधानमन्त्रीले लिए राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यबारे जानकारी लिएका छन् ।आज समाजिक सञ्जाल मार्फत अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका थिए ।

प्रधानमन्त्रीका स्वकीय सचिव मल्लले समाजिक सञ्जालमा लेखेका छन्, “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्युले आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्युलाई भेटी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ,” ।

nijgadh-supermart-adz1200-630