मिटरब्याज पीडितहरुलाई भेट्न पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ
वि.सं.२०७९ चैत १९ आइतवार ११:३४
2.05K
shares

काठमाडौं । मिटरब्याज पीडितहरुलाई भेट्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ उहीहरु बसेको स्थानमा पुगेका छन। पीडितहरुको स्वास्थ्यमा समस्या भएको भन्दै उनी स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दै त्यहाँ पुगेका हुन्।
गृहमन्त्री श्रेष्ठ चिकित्सकसहित मिटरब्याजपीडितलाई भेट्न गएका थिए। शनिबार मात्र पीडित र सरकारका बीचमा सहमति भएको छ।मन्त्रीपरिषदबाट छानबिन आयोग बनाएपछि उनीहरुले आन्दोलन फिर्ता लिने भनेका छन्। केही दिनदेखि पीडितहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
वि.सं.२०७९ चैत १९ आइतवार ११:३४

















