घट्यो पेट्रोलको मूल्य
वि.सं.२०७९ चैत २० सोमवार २०:१९
933
shares

काठमाडौं-नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
सोमबार नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य ३ रूपैयाँ घटेको हो।
यस्तै डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रूपैयाँ घटेको छ। यसअघि प्रतिलिटर १७८ रूपैयाँ रहेको पेट्रोलको मूल्य १७५ रूपैयाँ पुगेको छ।
यसअघि डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ थियो। अब भने १६५ रूपैयाँ प्रतिलिटर हुने निगमले जनाएको छ।
सोमबार राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ।
वि.सं.२०७९ चैत २० सोमवार २०:१९

















